OurFarms

Our Story

नेपाल सँगको भेट

२०१४ साल अप्रिलमा, हामी हिमालय आरोहणका लागि, पहिलो पटक नेपाल आयौँ। उद्यमी भएर साहसी रूपले औद्योगिक प्रचलन तोड्दै जापानमा नयाँ मानव संसाधन व्यवसायको मोडेल बनाउँदै आएका श्री वाकायामा र, बच्चा बेला देखि अन्तर्राष्ट्रिय योगदानसँग सम्बन्ध राख्ने काम गरौँ भन्ने सपना देख्दै आएको म ――त्यस्ता हाम्रो लागि नेपाल अहिले सम्म नसोचेको देश थियो। कतै टाढा, धेरै पुरानो समयमा टाइम स्लिप भएको जस्तो पुरानो याद दिलाउने परिवेश। ठ्याक्कै “बाँच्नका लागि” र “जीवन यापन गर्नका लागि” एकिकृत भएको खालको, मनमोहक देश रहेछ।

नेपालमा काम धेरै बनाउन चाहन्छौँ

र्सन नसकिने दृश्यसँग भेट भयो। नेपालका मानिसहरू जापानी राजदूतावासको अगाडि, VISA प्राप्त गर्नका लागि मरिमेटेर लामो लाइन बनाइरहेका थिए। खोजेर हेर्दा नेपाल भन्ने देश एसियाको सबैभन्दा गरीब देश मध्येको एक, जसको मासिक औसत आय लगभग ७,००० येन। महँगी पनि बढेर, काम पनि नभइ, पैसा चाहिएका युवाहरू, जापान या एसिया, मध्य पूर्वी या खाडी मुलुक आदिमा कमाउन जान्छन्। पैसा चाहिएको छ। तर काम छैन। त्यस्तो वातावरणमा, जीन्दगीको विकल्पहरू स्वभाविक रूपमा सीमित भइदिन्छ।

रि, नेपालमा काम एकदमै धेरै बनाऔँ जस्तो लाग्यो। नयाँ मूल्य मान्यताको व्यवसाय यो देशमा सुरु गरि, मुनाफा निकाल्ने। त्यस मुनाफा द्वारा नयाँ लगानी गरि, संसार भरीका गरीब देशहरूमा काम धेरै बनाउने। यस्तो खालको सुचक्र निर्माण गर्न सकेमा, सामाजिक योगदानलाई दिगो व्यापारको शैलीमा हासिल गर्न सकिन्छ कि भन्ने आशा गरेका छौँ।

कृषिबाट स्थानीय समाजमा योगदान गर्ने

कसरी नयाँ मूल्य मान्यताको जन्म गराउने होला। सोचेको नतिजा, कृषिमा आइपुग्यौँ। कृषि भए देखि, जन्मिएको त्यहि स्थानमा काम बनाउन सकिने सँगसँगै, उक्त स्थानको प्राकृतिक वातावरणलाई उपयोग गरेको उच्च कोटिको व्यापारिक वस्तु बनाउन सकिने भएकाले हो। जापानी प्रजातिको बिउ या, जापानको उत्कृष्ट कृषि प्रविधि उपयोग गरेर त्यस ठाउँका मानिसहरूसँग सबैभन्दा उच्च गुणस्तरको कृषि बाली बनाऔँ भनेर सोचेँ।

प्रकृतिको वरदान पाएको नेपालमा, उपयुक्त मल र खेती सम्बन्धी ज्ञान, उच्च प्रजातिका बिउ भएमा, उत्कृष्ट कृषि बाली अवश्य हुर्किन्छ। तर, नेपालमा हुने घरेलु उत्पादनको फल कुल आवश्यकताको ३०% मात्रै। अधिकांश भारत तथा चीनबाट आयात गरिन्छ।

यस्तो स्थितिमा अलिकति भएपनि सुधार गर्दै जानको लागि, हामी Our Farms ले, फल मध्ये पनि विशेषतः उच्च श्रेणीको, परिष्कृत उत्पादनको प्रकार पनि प्रशस्त भएको “स्ट्रबेरी” सबैभन्दा पहिलो कृषि बालीस्वरूप छनोट गऱ्यौँ।

२०१५ साल अप्रिल २५ तारिख, हामी तिब्बत साइडबाट सगरमाथा आरोहणको प्रयास गरिरहेको बिचमा, नेपालमा ठूलो भूकम्प आयो। निधन भएका व्यक्तिहरू प्रति यस स्थानबाट हार्दिक समवेदना प्रकट गर्न चाहन्छौँ। यस भूकम्पलाई अवसर बनाएर, हामी स्थानीय मानिसहरूको जीवन र सामाजिक विकासमा लागिपर्ने कम्पनीको अस्तित्वको महत्वलाई पुनर्विचार गरेर, २०१६ साल देखि, नेपालको हराभरा ककनी गाउँमा खेती गरेको उच्च श्रेणीको स्ट्रबेरीको बिक्री सुरु गर्नेछौँ।