प्रकृतिको देनलाई उपयोग गरेको खेती विधि

पालको राजधानी काठमाण्डौ देखि मोटरबाट उत्तर पश्चिम १ घन्टाको दूरीमा अवस्थित ककनी गाउँ ।

डाँडा माथिको प्रकृतिले धनी यस गाउँ, नेपालको सबैभन्दा स्ट्रबेरीको लागि उपयुक्त तापक्रम भएको स्थान भइ, पहाडबाट बग्ने पानीको शुद्धता पनि एकदमै उच्च स्तरको छ। हामीहरू, यस अद्भुत वातावरण भित्र जापानी प्रजातिको स्ट्रबेरी उत्पादन गरिरहेका छौँ।

हामीले हात हालेको व्यापारिक सामानको अवधारणा भनेको, ”Taste of the Earth (पृथ्वीको स्वाद लिऔँ)”। स्थानीय ठाउँको घाम, माटो, पानी, हावा, बालीको हुर्कने शक्ति आदि, प्रकृतिको शक्तिलाई अधिकतम उपयोग गरेर खेती गरिराखिएको छ। प्राकृतिक(Natural)×मिठास (Delicious)×सुन्दरता (Beauty), यी ३ ओटा तत्वलाई उच्च आयामिक तवरले पुरा गरिएको व्यापारिक सामान बनाउने लक्ष्य राखिएको छ।

Our Farms मा आफ्नै Natural Respect मापदण्ड स्थापना। कृषि रसायन या रासायनिक मल यथासम्भव कम गरि, प्रकृतिको जैविक पदार्थलाई उपयोग गरेको स्वस्थ र निरोगी माटोमा स्ट्रबेरी खेती गरिराखिएको छ।